अपाङ्गमैत्री फुटपाथ निर्माण
newspolar.com
ललितपुर । एशियन कंक्रिटो प्रा।लीले ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गरिएको अपाङ्गमैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ ।
हरिहर भवनदेखि एमएमबी बैंक सम्मको ९० मिटर फुटपाथ निर्माण गरी आज महानगरपालिकालाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नौ उत्पादन, लागत र प्राविधिक सहयोगमा निमार्ण सम्पन्न गरी हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले एशियन कंक्रिटो कम्पनीले सम्पूर्ण लगानी रहेको फुटपाथमा महानगरपालिकाले कुनै पनि प्रकारका आर्थिक दायित्व बहन नगरेको बताउनुभयो ।
Read full story at source (newspolar.com)