जुलाई ३ मा डिएगो जोटाको पुण्यतिथिकै दिन मैदानमा उत्रँदै पोर्चुगल
nepalpress.com · Thu Jul 02 06:06:13 GMT 2026
काठमाडाैं । शुक्रबार बिहान पोर्चुगलको टोली विश्वकपको अन्तिम ३२ को खेलमा क्रोएसियाविरुद्ध टोरन्टोको मैदानमा उत्रँदैछ । यसबेला क्यानडामा जुलाई २ तारिख भइरहेको हुनेछ भने पोर्चुगलमा जुलाई ३ लागिसक्नेछ ।
यो यस्तो दिन हो, जुन दिनले पोर्चुगली फुटबललाई गहिरो घाउ दिएर गएको छ । गत वर्ष ठिक एक वर्षअघि जुलाई ३ मै पोर्चुगल र लिभरपुलका फरवार्ड डिएगो जोटाको निधन भएको थियो । खेल कौशल, गोल गर्ने अद्भूत क्षमता र राष्ट्रिय टोलीप्रतिको अगाध प्रेमका कारण उनी सबैका प्रिय खेलाडी थिए ।
Read full story at source (nepalpress.com)