प्रिमियर लिग : वाटफोर्डको मैदानमा साउथह्याम्पटनको शानदार जीत
sajhapost.com · Sun Jun 28 17:43:26 UTC 2020
काठमाडौं, १४ असार । प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा साउथ्याम्पटन विजयी भएको छ । वाटफोर्डलाई उसैको घरेलु मैदानमा ३-१ ले हराउँदै साउथह्याम्पटनले ३ अंक बटुल्न सफल भएको हो ।
साउथह्याम्पटनको जीतमा ड्यानी इंग्सले २ तथा जेम्स वार्ड प्रावजले एक गोल गरे । वाटफोर्डका लागि पनि साउथ्ह्याम्पटनले नै उपहारस्वरुप आत्मघाती गोल गरेको थियो । यद्यपि वाटफोर्ड खेलमा फर्कन सकेन र घरेलु मैदानमा नै पराजित भयो ।
Read full story at source (sajhapost.com)