स्पेनमा कस्तो छ कोरोना महामारीको अवस्था ?
lokpath.com · Tue Sep 22 18:13:15 UTC 2020
काठमाडौं । त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० हजार ९ सय ४ पुगेको छ । हालसम्म ६ लाख ८२ हजार २ सय ६७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ हजार ४ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मात्र थप १० हजार ७ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको र २ सय ४१ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ७२ हजार ३ सय २७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड १६ लाख ५६ हजार १० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ३२ लाख ५६ हजार ९ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ९ सय ९४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
Read full story at source (lokpath.com)