आइतबारदेखि अमेरिकामा टिकटक र वीच्याट बन्द हुने
farakdhar.com · Fri Sep 18 17:56:31 UTC 2020
अहिलेको विश्वमा तहल्का मच्चाइरहेको भिडियो सेयरिङ याप टिकटक र वीच्याट अब अमेरिकामा बन्द हुने भएका छन् । आइतबारबाट नै यी दुई एप अमेरिकामा कुनै पनि मोबाइल वा अन्य डिभाइसमा डाउनलोड गर्न नपाइने भएको छ । यसमा परिवर्तन आउन सक्ने अब एउटा मात्रै सम्भावना छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको पुनस्र्थापना गर्न सक्ने ।
ट्रम्प प्रशासनले देशको राष्ट्रिय सुरक्षाका लागि यी दुई एप्लिकेसन खतरानक भएको र उनीहरुले अमेरिकी जनताको डाटा चीनमा पठाउन सक्ने अनुमान गरेको छ । यही कारण यी दुई चर्चित एपमाथि अमेरिकाले प्रतिबन्ध लगाउने भएको हो ।
Read full story at source (farakdhar.com)