नेपाली बजारमा रेडमी के ३०: १२० हर्जकाे रिफ्रेश रेट र मेडियाटेक डायमेन्सिटी १००० चिपसेट
gadgetframe.com · Sun Aug 30 05:33:00 UTC 2020
काठमाडौं । रेडमी के २० सार्वजनिक भएदेखि त्यसलाई धेरैले मनपराएका छन् । त्यही कुरालाइृ ध्यानमा राख्दै कम्पनिले रेडमी के ३० सिरिज सुरु गरेको थियो र अहिले यसले रेडमी के ३० अल्ट्रा सार्वजनिक गरेको छ । साओमीले कम्पनिको १० औं वार्षिकोत्सवको अवसरमा रेडमी के ३० अल्ट्रा र एमआई १० अल्ट्रा सार्वजनिक गर्ने घोषण गरेको थियो ।
रेडमी के ३० अल्ट्रा चीनमा सार्वजनिक गरिएको थियो । यसको चिनियाँ मुल्य १ हजार ९ सय ९९ युआन तोकिएको छ । कति हो त यसको नेपाली बजार मुल्य ? यसको फिचरहरु कस्तो छ ? आउनुहोस् यसको बारेमा थप विस्तृत रुपमा बुझौं-
डिस्प्ले र डिजाईन
रेडमी के ३० अल्ट्रामा यसअघिको के ३० प्रो भर्सनको जस्तै बनावट रहेको छ । रेडमी के ३० अल्टमा ६.६७ ईन्चको फुल एचडि आमोलेड डिस्प्ले रहेको छ जसको रिजोलुसन १०८०*२४०० पिक्सल रहेको छ । यसको रिफ्रेश रेट १२० हर्ज र टच रेस्पोन्स रेट २४० हर्ज रहेको छ । यसमा अगाडि भागमा पप अप सेल्फी क्यामरा रहेको छ ।
पर्फमेन्स
रेडमी के ३० अल्टामा मेडियाटेक डायमेन्सिटी १००० चिपसेट प्रयोग गरिएको छ । यसले यसअघि रेडमी के ३० प्रोमा प्रयोग भएको स्न्यापड्रागन ८६५ चिपसेटलाई हटाएर यसमा मेडियाटेक चिपसेट प्रयोग गरेकाे हो ।
यो ६ जिबि र्याम १२८ जिबि ईन्टरनल स्टोरेज, ८ जिबि र्याम २५६ जिबि ईन्टरनल स्टोरेज र ८ जिबि र्याम ५१२ ईन्टरनल स्टोरेज सहित उपल्ब्ध छ ।
क्यामरा
रेडमी के ३० अल्ट्राको क्यामरा रेडमी के ३० प्रोको जस्तै रहेको छ । यसको पछाडि भागमा ६४ मेगापिक्सलको प्राईमेरी लेन्स, १३ मेगापिक्सलको अल्ट्रा वाईड एंगल लेन्स, ५ मेगापिक्सलको टेलिफोटो म्याक्रो क्यामरा र २ मेगापिक्सलको डेप्थ सेन्सर रहेको छ ।
ब्याट्रि
रेडमी के ३० अल्ट्रमा ४३०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ जसले ३३ वाटको फास्ट चार्जिङलाई सर्पोट गर्दछ ।
रेडमी के ३० काे विशेषताहरु
Body:
Glass metal sandwich design
Display:
6.67-inch FHD+(1080X2400 pixels), 20:9 aspect ratio, 395 PPI; HDR 10 and DCI-P3 compliant, 120Hz refresh rate, 240 Hz touch response rate
Quad rear camera:
64MP f/1.8, 1/1.7", 0.8µm pixel size, PDAF;
13MP, Ultra-wide lens
5MP Telephoto-Macro lens
2MP Depth Sensor
4320p 24/30fps, 2160p @30fps/60fps , 1080p @240fps/960fps
Front camera:
Motorized pop-up 20MP, 0.8µm pixel size, 1080p 30fps/120fps video recording;
OS:
Android 10; MIUI 12
Chipset:
MediaTek Dimensity 1000+
GPU:
Mali G77
Battery:
4,500mAh| 33W fast charging
Connectivity:
Dual-SIM; 5G, USB-C; Wi-Fi 6; dual-band GPS; Bluetooth 5.1
Misc:
Underdisplay optical fingerprint reader; Infrared port, NFC 3.5mm jack
नेपाली बजार मुल्य
रेडमी के ३० अल्ट्रा ५ जिबि र्याम र १२८ जिबि ईन्टरनल स्टोरेजको चिनियाँ मुल्य १ हजार ९ स ९९ युआन तोकिएको छ । यो विश्वव्यापि रुपमा कहिले सार्वजनिक गसरन्छ भनेर भनिएको छैन । रेडमी के ३० अल्ट्राको सुरुवाती नेपाली बजार मुल्य ३९ हजार ९ सय ९० रुपैंया अनुमान गरिएको छ ।
Read full story at source (gadgetframe.com)