कालो सिसामाथि प्रहरीको देशव्यापी एक्सन, तीन दिनमै २४० सवारी कारबाहीमा
bishowkhabar.com · Thu Jul 02 06:20:47 GMT 2026

काठमाडौं- सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो (अपारदर्शी) सिसाको दुरुपयोग बढ्दै गएको भन्दै नेपाल प्रहरीले देशव्यापी रूपमा हटाउने अभियान सुरु गरेको छ । प्रहरीका अनुसार यस्ता सिसाको आडमा यात्रुमाथि दुर्व्यवहार, लागुऔषध तथा अवैध सामान ओसारपसार, फरार अपराधीको आवतजावत र अन्य आपराधिक गतिविधि हुने क्रम बढेपछि अभियान सञ्चालन गरिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार कालो सिसाका कारण गाडीभित्र भइरहेका गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले अपराध अनुसन्धान र प्रमाण संकलनमा समेत चुनौती थपिएको छ ।
Read full story at source (bishowkhabar.com)