१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ
lokpath.com · Wed Sep 09 17:45:10 UTC 2020
काठमाडौं । रुपन्देहीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा चर्वारी-६ हडसरी बस्ने १९ वर्षीय इसरार पठानलाई मंगलबर साँझ प्रहरीले पक्राउ गरेको हो । खेतमा घाँस काट्ने क्रममा ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठर्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Read full story at source (lokpath.com)