कुलमानलाई फेरि एकपटक प्राधिकरणको नेतृत्वको जिम्मेवारी दिनुपर्छ : माधव नेपाल (भिडिओसहित)
reportersnepal.com · Fri Sep 18 18:12:16 UTC 2020
काठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङलाईनै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । सरकारले कुलमानलाई प्राधिकरणको नेतृत्वमा पूनः नियुक्ती गर्नुपर्ने आम जनताको मागलाई सकारात्मक रुपमा सम्बोधन गर्छ भन्नेमा आफू विश्वस्त रहेको पनि नेता नेपालले जिकिर गरे ।
कुराकानीको क्रममा नेता नेपालले भनेका छन्,”कुलमान घिसिङले उहाँले आफ्नो काम, योग्यता र क्षमता देखाउनुभयो । त्यही योग्यता र क्षमताको आम जनताले बडो सकारात्मक ढंगले मूल्यांकन गरिरहेका छन् । तपाईलाई आशा पनि छ वर्तमान सरकारले पनि उहाँको यथोचित मुल्यांकन गरेर फेरि पनि एकपटको निम्ति जिम्मेवारी दिनेछ । सधैंभरि नै जिम्मेवारी दिनुपर्छ भनेर म ठान्दिन् । नमरुञ्जेलसम्म दिने कुरा त कम्युनिष्ट पार्टीमा त नमरुञ्जेलसम्म हुँदैन् । तर, यसपटकको निम्ति आईरहेको जुन माग हो, त्यसलाई सकारात्मक रुपमा सम्बोधन गर्दाखेरि अहिले विद्युत क्षेत्रमा देखापरेको जुन नेतृत्वको चूनौति छ, त्यसलाई हल गर्न सकिन्छ ।” नेता नेपालले कुलमानका काममा पनि केही त्रुटिहरु रहेको सुनाउँदै आफूले भेटेरै ती कुलमानसँग सेयर गर्ने स्पष्ट पारेका छन् ।
Read full story at source (reportersnepal.com)