गगन थापाको सुझाब : खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुस्
rajdhanidaily.com · Tue Jul 14 17:24:04 UTC 2020
काठमाडौं । नेपाली कांगे्रसका युवा नेता गगन थापाले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई विदा गर्न नेकपा नेताहरुसंग आग्रह गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले फेशबुक पेजमा लेख्दै सो आग्रह गरेका हुन् ।
उनले लेखेका छन् ‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो । प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र । नेकपाका साथीहरू । राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।’
Read full story at source (rajdhanidaily.com)