युद्ध अन्त्य गर्न इरानसामु अमेरिकाका ५ कडा सर्त, ट्रम्पले भने–ढिला केही बाँकी रहने छैन
nepalviews.com · Mon May 18 01:25:58 GMT 2026

एजेन्सी । इरानसँग जारी युद्ध र शान्ति प्रक्रियालाई अगाडि बढाउन अमेरिकाले इरानसामु ५ वटा ठूला र कडा सर्तहरू राखेको छ। इरानको अर्ध-सरकारी सञ्चार माध्यम 'फार्स न्युज एजेन्सी' का अनुसार अमेरिकाले इरानको शान्ति प्रस्तावको जवाफमा यी सर्तहरू अघि सारेको हो।
यसैबीच, वार्तामा भइरहेको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्, 'इरानका लागि समय द्रुत गतिमा घर्कँदै छ । उनीहरूले चाँडो कदम चालेको राम्रो, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन। समय निकै महत्त्वपूर्ण छ!'
Read full story at source (nepalviews.com)