नेपाल र कुवेतबीच दोस्रो मैत्रिपुर्ण फुटबल आज
deshsanchar.com · Mon Mar 25 13:35:50 UTC 2019
काठमाडौं- कुवेत र नेपालबीचको दोस्रो मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल सोमबार हुँदै छ। यो खेल नेपाली समय अनुसार सवा ९ बजे सुरु हुने छ। यसअघि पहिलो मैत्रिपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।
विश्व फुटबल महासंघ-फिफाको पछिल्लो वरियताक्रममा नेपाल एक सय ६१ र कुवेत एक सय ५८ औँ स्थानमा छन्। कुवेतसँग गोलरहित बराबरी खेलेर नेपालले अन्तर्राष्ट्रिय फुटबलमा लगातार तीन खेलको हार तोडेको थियो।
नेपालले अन्तिमपटक गत सेप्टेम्बरमा बंगलादेशलाई २-० गोलले हराएको थियो। त्यसयता नेपाल ४ खेलमा जितविहिन छ। कुवेतले अन्तिमपटक गत डिसेम्बरमा यूएईलाई २-० गोलले हराएको थियो।
Read full story at source (deshsanchar.com)