अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा मन्त्री सोनलको टिप्पणी : ‘यो उहाँको मानसिक दिवालापनबाहेक अरू केही होइन्’
reportersnepal.com · Tue Jul 14 17:04:43 UTC 2020
प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिलाई कडा टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले अयोध्या नेपालमै पर्ने र राम पनि नेपाली नै भएको भनेर दिएको अभिव्यक्तिलाई मानसिक दिवालापनको संज्ञा दिएका छन् । पत्रकार ऋषि धमलाले मन्त्री सोनलसँग आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा विशेष कुराकानी गरेका छन् । धमलासँगको कुराकानीमा सोनलले भनेका छन्,“प्रधानमन्त्री हुनुहुन्छ, वहाँप्रतिको सम्मान आफ्नो ठाउँमा छ । यो मानसिक दिवालापनबाहेक अरू केही होइन । यसरी प्रधानमन्त्रीजस्तो ठाउँमा बसेर यस्तो यो हलुका कुराहरू आधारहीन कुराहरू दुई देशबीचको सम्बन्ध बिगार्ने कुराहरू संस्कृतिमाथिको एट्याक हो यो । वहाँ लगातार कहिले भूगोलमाथि अट्याक, कहिले सभ्यता र संस्कृतिमाथिको अट्याक, कहिले हाम्रो सम्ुदायमाथिको अट्याक, ७ वर्षे नागरिकताको कुरा उठाएर हाम्रो समुदायमाथि अट्याक गरिरहनुभएको छ । कहिले यो धर्ममाथिको, संस्कार र संस्कृतिमाथिको अट्याक गर्दै हुनुहुन्छ र एकप्रकारले मलाई लाग्छ कि वहाँले जे प्लान गर्दै हुनुहुन्छ ।” प्रस्तुत छ सोनलसँगको कुराकानीको सम्पादित अंश :
प्रदेश नम्बर २ मा ? जनताहरू समस्यामा परे । बाढी/पहिरोको प्रकोप छ, पीडा छ । त्यहाँका जनता यतिवेला डुबानको समस्यामा छन् नि, तपाई के हेरेर बसिरहनुभएको छ ?
Read full story at source (reportersnepal.com)