जिल्ला भित्रिदै गरेको अबैध चिनियाँ मदिरा बरामत
hamrakura.com · Tue Jul 14 17:48:00 UTC 2020
हुम्ला। जिल्ला भित्रिदै गरेको ५१ कार्टुन अबैध चिनियाँ मदिरा प्रहरीले बरामत गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएका सिमकोट गाउँपालिका १ नम्बर वडामा पर्ने दोजामको चुवाखोला नाकाबाट सिमकोट ल्याउने क्रममा गस्तीमा रहेको प्रहरीले चिनीयाँ अबैध मदिरा बरामद गरेको हो।
चुवाखोला नाकाबाट लुकाइछिपाई भित्र्याउन लागेको मदिरा गत बर्षनै आयात गरेर नेपाली भुमीमा लुकाएर राखेको हुन सक्ने स्थानियको दावी छ। सिमकोट गाउँपालिकाको वडा नम्बर १ को चुवाखोला नाकाबाट हुम्ला जिल्ला भित्रिदै गरेको ५१ कार्टुन अबैध चिनियाँ मदिरा गस्तीमा रहेको प्रहरी चौकी दोजामको टोलीले बरामत गरेको हुम्लाका प्रहरी प्रमुख डिएसपि सुर्य प्रसाद सुबेदीले बताए ।
Read full story at source (hamrakura.com)