संविधान संशोधनपछि भारतीय कांग्रेसले भन्यो - नेपाल-भारत सम्बन्धमा दु:खद दिन
baahrakhari.com · Sat Jun 13 17:55:00 UTC 2020
काठमाडौं । नेपालले २० मेमा जारी गरेको नयाँ राजनीतिक र प्रशासनिक नक्सा निशान छापमा राख्न संविधान संशोधन गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले आजको दिनलाई नेपाल-भारत सम्बन्धको दु:खद दिन भएको टिप्पणी गरेको छ ।
भारतीय कांग्रेसका प्रवक्ता रणदीप सुर्जेवालले ट्विटमार्फत भनेका छन्, "नेपाल र भारतको वर्षौं पुरानो द्विपक्षीय सम्बन्धका लागि यो दु:खद दिन हो । नेपाल र भारतबीच यस्तो परिस्थिति सिर्जना हुनुमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्व पंक्ति जिम्मेवार छ । "
Read full story at source (baahrakhari.com)