क्याबिनेटमै हुन्न भन्ने मन्त्रीको सोधाइ-संसद विघटन ठीक कि बेठीक ?
janaaastha.com · Sun Dec 27 17:02:40 UTC 2020
प्रधानमन्त्री के.पी शर्मा ओलीले संसद बिघटन गरेलगत्तै कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट राजीनामा दिएका नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा नेता,कार्यकर्तालाई आज प्रश्न गरेका छन्-संसद बिघटन ठीक कि बेठिक ?
जिल्ला कमिटी रुपन्देहीको ब्यानरअन्तर्गत बुटवलमा आयोजित भेलालाई सम्बोधनकै शुरुवातमा उनले भने,‘यतिबेला नेकपाका आम नेता,कार्यकर्ता मात्रै नभएर सारा नेपालीको सामु प्रश्न तेर्सिएको छ संसद बिघटन गर्नु ठीक हो वा बेठीक हो ? अध्यक्ष केपी ओलीले भर्खरै केन्द्रीय सदस्य बनाउनुभएका कामरेडहरुलाई पनि सोध्न चाहन्छु कि यतिबेला संसद बिघटन गर्नु ठीक कि बेठीक ? संविधान मिच्नु ठीक कि बेठीक ? तमाम सम्भावनालाई कुल्चेर अगाडि बढ्नु ठीक कि बेठीक ?
Read full story at source (janaaastha.com)