हेल्मेटबिनै मोटरसाइकल चलाएका मुख्यमन्त्री शाहलाई पाँच सय जरिवाना
shilapatra.com · Thu Jul 02 07:06:00 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गरेको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक खाताबाट सार्वजनिक गरेको भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरमा हेल्मेटबिना बुलेट मोटरसाइकल चलाइरहेको देखिन्छ ।
Read full story at source (shilapatra.com)