हनर ८ ए प्रो नेपालमा सार्वजनिक, के यसले नेपालमा स्मार्टफाेन बजारमा व्यापार राम्रो गर्ला ?
gadgetframe.com · Mon Jul 13 05:08:00 UTC 2020
काठमाडौं । हनरले अन्त्यत आफ्नो मध्य स्तरको स्मार्टफोनको रुपमा हनर ८ ए प्रो लाई नेपालमा सार्वजनिक गरेको छ । लामो समय अघि अन्य देशहरुमा सार्वजनिक गरिए पनि नेपालमा यसलाई सार्वजनिक गर्नेलाई हनरले झण्डै एक वर्ष लगाएको हो । लामो समयको प्रतिक्षपछि नेपालमा आएको हनर ८ उ प्रो फोनले नेपाली बजारमा कस्तो प्रभाव पार्ल भन्ने चाँसोको विषय बनेको छ ।
यसको नेपाली बजार मुल्य १५ हजार ६ सय ९९ रुपैंया तोकिएको छ । धेरै आर्कषक फिचरहरु रहेका हनर ८ ए प्रो कस्तो छ त ? आउनुहोस् यसको फिचरहरुको बारेमा थप विस्तृत रुपमा बुझौं
डिजाईन र डिस्प्ले
हनर ८ ए प्रो को डिस्प्ले र डिजाईन हनर ८ ए को जस्तै रहेको छ । यसमा ६.०९ ईन्चको आईपिएस एलसिडि डिस्प्ले प्रयोग गरिएको छ जसको रिजोलुसन ७०० १५६० पिक्सल रहेको छ । यसमा फेसअनलक र पिंmगरप्रिन्ट सेन्सर फिचर पनि राखिएको छ ।
क्यामरा
हनर ८ ए प्रो को पछाडि भागमा १३ मेगापिक्सलको प्राईमेरी अर्थात मुख्य क्यामरा रहेको छ । यस्तै अगाडि भागमा यसमा ८ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ ।
पर्फमेन्स
हनर ८ ए प्रो मा मेडियाटेक एमटि ६७६५ हेलियो पि ३५ चिपसेट प्रयोग गरिएको छ । यो ३ जिबि र्याम र ६४ जिबि ईन्टरनल स्टोरेज सहित उपल्ब्ध रहेको छ । यसमा माईक्र एसडि कार्ड प्रयोग गरेर हामीले ५१२ जिबिसम्म स्टोरेज बढाउन सक्छौं । यसमा एन्ड्रोईड ९.० पाई सफ्टवेयर प्रयोग गरिएको छ ।
ब्याट्रि
यसमा ३२०० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ । तर यसले कुनै पनि प्रकारको फास्ट चार्जिङलाई भने सर्पोट गर्दैन । यो दुई भिन्न रंग निलो र कालोमा उपल्ब्ध छ ।
'हनर ८ ए प्रो' काे विशेषताहरु
Display:
a 6.09-inch IPS LCD Full View HD+ display, 720 x 1560 pixels
Processor
: Octa-core MediaTek MT6765 Helio P35 Chipset
RAM
: 3GB
Storage:
64GB of internal storage that can be expandable up to 512GB via MicroSD card.
Software
: Android 9.0 Pie with EMUI 9.0 on top
Rear Camera
: 13MP, f/1.8, PDAF
Front Camera
: 8MP, f/2.0
Battery
: Non-removable Li-Po 3,020mAh Battery
Colors: Blue, and Black.
Sensors:
Rear-mounted Fingerprint sensor, accelerometer, proximity, compass
Price in Nepal:
Rs. 15,699
नेपाली बजार मुल्य
नेपालमा भएको हनरको सबै आधिकारिक स्टोहरुमा भने यसको बिक्रि सुरु भईसकेको छ । सबैको बजेटमा पर्ने यस स्मार्टफोनले मुल्यको आधारमा रेडमी ८, सामसङ ए०१, रियलमी सि ३ सँग प्रतिस्पर्धा गर्ने देखिन्छ । यसको नेपाली बजार मुल्य मात्र १५ हजार ६ सय ९९ रुपैंया रहेको छ ।
Read full story at source (gadgetframe.com)