कोरोना अपडेटः इटालीमा अहिलेसम्म १६५२३ मृत्यु
farakdhar.com · Mon Apr 06 17:18:03 UTC 2020
एजेन्सी– आइतबार पनि लगातार मृतकको संख्या घटेपछि इटालीमा अब कोरोनाभाइरस प्रकोप घट्ला भन्ने अनुमान गरिएको थियो । तर, सोमबार फेरि इटालीमा आइतबारको भन्दा १ सय बढीले ज्यान गुमाएका छन् ।
सोमबार इटालीमा कोरोनाभाइरसका कारण ६३६ जनाको निधन भएको छ । आइतबार त्यहाँ ५२५ जनाको मृत्यु भएको थियो । यसका साथसाथै अब इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६५२३ पुगेको छ ।
अहिलेसम्म कोरोनाका कारण विश्वमा सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।
अब इटालीमा एक लाख तीस हजारभन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । सोमबार मात्र इटालीमा ३५९९ नयाँ संक्रमित भेटिएका छन् ।
Read full story at source (farakdhar.com)