सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
barnanmedia.com · Thu Jul 02 07:05:18 GMT 2026

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले चिट काटेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा उनलाई चिट काटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर रेशम आचार्यले बताए । उनले भने, ‘हेलमेट नलगाएको कसुरमा उहाँलाई चिट काटेका छौँ ।’
मुख्यमन्त्री शाहले सो कसुरमा ५ सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । धनगढीस्थित मुख्यमन्त्रीको निवासमा शाहले मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
Read full story at source (barnanmedia.com)