भारतीय राजदूतावासका नियोग उप-प्रमुख खाम्पाद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ३०.६६ करोडको चेक हस्तान्तरण
livemandu.com · Wed Jan 06 17:34:18 UTC 2021
नेपाल स्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्रीमती नामग्य खम्पाले आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवालीलाई भेटी भारत सरकारको सहयोगमा निर्माण भइरहेका विभिन्न पुनर्निर्माण परियोजनाबारे छलफल गर्नुभयो । भेटका क्रममा खम्पाले नेपालमा भूकम्प प्रभावित शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि नेरु ३०.६६ करोड बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो चेकको हस्तान्तरणसँगै भारतले शिक्षा क्षेत्र पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई नेरु ८१.९८ करोड रकम सोधभर्ना गरेको छ ।
नेपालमा शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान सहयोग कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवन लगायत ७१ वटा परियोजनाको सञ्चालन हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ । यी परियोजनाहरु गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोक जिल्लामा रहेका छन् । गोरखामा ३ र नुवाकोटमा ५ वटा विद्यालयको निर्माण सम्पन्न भएका छन् भने अन्य पाँच जिल्लामा ५६ विद्यालयहरु निर्माणाधीन अवस्थामा रहेकोमा ७ वटा विद्यालय ठेक्का हस्तान्तरणको अन्तिम चरणमा रहेका छन्।
Read full story at source (livemandu.com)