आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
barnanmedia.com · Thu Jul 02 07:19:54 GMT 2026

गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लटरम्म झुन्डिएका पहेँलपुर आँप, बोटमुनि व्यस्त किसान र गाउँमै आइपुग्ने व्यापारीको भीडले श्रीपुरको दैनिकी फेरिदै गएको छ । यही दृश्यले अहिले श्रीपुरलाई ‘आँपको गाउँ’का रूपमा छुट्टै पहिचान दिलाइरहेको छ ।
पूर्व–पश्चिम राजमार्ग हुँदै सिरहाको लहानबाट करिब आठ किलोमिटर पूर्व र त्यहाँबाट चुरे क्षेत्रतर्फ करिब एक किलोमिटर उत्तर लागेपछि पुगिने यो गाउँमा आँप केवल फल मात्र होइन, यहाँका वासिन्दाहरुको जीवनको आधार हो । यहाँका अधिकांश परिवारको आयआर्जन, शिक्षा, रोजगारी र आर्थिक गतिविधिको केन्द्रबिन्दु नै आँप खेती बनेको छ ।
Read full story at source (barnanmedia.com)