मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले गर्यो ५०० जरिवाना
baahrakhari.com · Thu Jul 02 07:21:43 GMT 2026

धनगढी । हेलमेटबिना मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाई बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्रीको निवासमै पुगेर चिट काटेको छ । मुख्यमन्त्रीलाई थमाइएको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख छ ।
Read full story at source (baahrakhari.com)