परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बारखम्बा रोड पुगेर दूतावासका कर्मचारीसँग छलफल
reportersnepal.com · Thu Jan 14 15:59:41 UTC 2021
नयाँ दिल्ली १ माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारत भ्रमणको पहिलो दिन बारखम्बा रोडस्थित नेपाली राजदूतावास पुगेका छन् । साँझ दूतावास पुगेका उनले राजदूत निलाम्बर आचार्य र कर्मचारीहरुसँग भेटघाट गरेका छन् ।
मन्त्री ज्ञवालीले नेपाल भारत सम्बन्ध सुदृढ बनाउने गरी काम गर्न दूतावासका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले भोलिबाट हुने भेटवार्ताको तयारीबारे समेत छलफल गरेका छन् ।
Read full story at source (reportersnepal.com)