अब जिल्लामा नै कृषि र पशुपक्षी सेवा
halokhabar.com · Thu Aug 06 03:01:00 UTC 2020
कास्की, २२ साउन। गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पु¥याउने भएको छ । कार्यालतका सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्र्न लागिएको हो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कृृषि ज्ञान केन्द्र थप पाँच जिल्लामा तथा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चार जिल्लामा विस्तार गर्र्ने तयारी गरिएको मन्त्री लेखबहादुर थापामगरले जानकारी दिनुभयो ।
Read full story at source (halokhabar.com)