सर्वोच्चमा तीन न्यायाधीश पद रिक्त, नियुक्ति प्रक्रियामा प्रधानन्यायाधीश शर्माको चासो देखिएन
bishowkhabar.com · Thu Jul 02 07:27:13 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतमा तीन न्यायाधीशको पद लामो समयदेखि रिक्त रहे पनि नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । २१ जना न्यायाधीशको दरबन्दी रहेको सर्वोच्चमा हाल १८ जना मात्रै कार्यरत छन् । त्यसमध्ये पनि न्यायाधीश तिलप्रसाद श्रेष्ठ स्वास्थ्य समस्याका कारण करिब तीन महिनादेखि बिदामा रहेकाले अदालतको नियमित कार्यसम्पादन थप प्रभावित भएको छ ।
न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक निकाय न्याय परिषद्को अध्यक्ष स्वयं प्रधानन्यायाधीश मनोजकुमार शर्मा भए पनि अहिलेसम्म नियुक्ति प्रक्रिया अघि बढाउने कुनै औपचारिक पहल भएको छैन । यसले सर्वोच्च अदालतमा बढ्दो मुद्दाको चाप र न्याय सम्पादनमा भइरहेको ढिलाइप्रति प्रश्न उठेको छ ।
Read full story at source (bishowkhabar.com)