नामीका विद्यार्थीलाई जापानमा रोजगारी
annapurnapost.com · Thu Jul 18 16:47:00 UTC 2019
काठमाडौं : सूचना प्रविधिको क्षेत्रमा कार्यरत जापानको प्रतिष्ठित संस्था ह्युमन रिसोसियासँगको सहकार्यमा जोरपाटीस्थित नामी कलेजमा रोजगार मेलाको आयोजना गरिएको छ।बिहीबार आयोजना गरिएको मेला सोही कलेजमा बीएससी कम्प्युटिङ विषय अध्ययन गरिरहेका विद्यार्थीले संयोजन गरेका हुन्। मेलामा विद्यार्थीले ह्युमन सिसोसियाका सदस्यसँग अन्तरक्रिया तथा प्रत्यक्ष अन्तर्वार्तामा सहभागी हुने अवसर पाए।
सोही कार्यक्रममा विद्यार्थीले जापानका प्रतिष्ठित कम्पनीमा रोजगारीका लागि आफ्नो नाम दर्ता गराउने मौका पाए।सूचना प्रविधीसँग सम्बन्धित जापानका अन्य रोजगाररदाता कम्पनी, त्यहाँ रोजगारीमा लाग्दा हुने फाइदा तथा त्यहाँको जीवनशैलीका बारेमा समेत विद्यार्थीले ह्युमन रिसोसियाका रिक्रुटमेन्ट म्यानेजर तासुजी सुगीहारासँग प्रत्यक्ष सम्वाद गरे।
Read full story at source (annapurnapost.com)