शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
ratopati.com · Thu Jul 02 07:29:44 GMT 2026

काठमाडौं । शिखर इन्स्योरेन्स नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा सम्मानित भएको छ । आईक्यानले प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत निर्जीवन बीमा विधामा शिखरेले गोल्ड अवार्ड प्राप्त गरेको हो ।
आफ्नो वार्षिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शी, विश्वसनीय तथा प्रभावकारी ढंगले प्रस्तुत गरेबापत उक्त सम्मान प्राप्त गरेको हो । आईक्यानले प्रत्येक वर्ष वित्तीय पारदर्शिता, सुशासन, सूचना प्रकटीकरण, वित्तीय विवरणको गुणस्तर तथा वार्षिक प्रतिवेदनको समग्र प्रस्तुतिका आधारमा उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ।
Read full story at source (ratopati.com)