सामाजिक संजालका यी भिडियो जसले हर कोहिलाई रुवायो
reportersnepal.com · Fri Apr 17 17:27:35 UTC 2020
५ वैशाख : निलो पहिरनमा, आकाशे निलो मास्क लगाएका, कपाल बाँधेका एक पुरुष घरको ढोका सामुन्ने आउँछन्। घरभित्रबाट अन्दाजी ३ वर्षे बालिका कुदेर आउँछिन्। उनी सिसाको ढोकाबाट बाहिर रहेका उनका बुवालाई भेट्न आतुर देखिन्छिन्।
बालिकाका बुवाले उनलाई बाहिरबाट माया दिन्छन्। उनी लगातार ढोका खोल्ने प्रयासमा जुटिरहन्छिन् तर असफल हुन्छिन्। बालिकाले क्यामरातर्फ इसारा गर्दै ढोका खोल्न रुदैँ आग्रह गरिरहन्छिन् तर ढोका खुल्दैन। उनको अथाह कोशिसमा पनि त्यो ढोका खुल्दैन।
Read full story at source (reportersnepal.com)