कोरोना भाइरसबाट संक्रमित युकेका प्रधानमन्त्री बोरिस आइसियुमा भर्ना
sajhapost.com · Tue Apr 07 01:18:36 UTC 2020
काठमाडौँ, २५ चैत । कोरोना भाइरसबाट संक्रमित युकेका प्रधानमन्त्री बोरिस जोनसोनलाई आइसियुमा भर्ना गरिएको छ । स्वास्थ्यमा सुधार नआएपछि उनी आइतबार बेलुका रुटिंग चेकअपका लागि अस्पताल भर्ना भएको बताइएको थियो ।
५५ वर्षिय प्रधानमन्त्री लण्डनमा रहेको सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य झन् बिग्रिएपछि उनलाई आइसियुमा भर्ना गरिएको उनको अफिसले जानकारी दिएको छ । उनलाई आइसियुमा भर्ना गरेपछि पुरै युके आश्चर्यचकित परेको बताइएको छ । उनका दलका राजनीतिज्ञहरु तथा प्रतिपक्ष दलले समेत उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
Read full story at source (sajhapost.com)