कोरोना संक्रमित प्रहरीको सङ्ख्या ३६९ पुग्यो, १४९ जना डिस्चार्ज
pahilopost.com · Mon Aug 10 07:56:41 UTC 2020
काठमाडौं: देशको सुरक्षाको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीमा कोरोना संक्रमितको सङ्ख्या ३६९ पुगेको छ।
हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
Read full story at source (pahilopost.com)