रुकुम हत्याकाण्ड कम्युनिष्टहरुको प्रोपोगाण्डाको शिकार नबनोस् : डा. प्रकाशशरण महत
reportersnepal.com · Sun Jun 28 17:46:56 UTC 2020
मुकुन्द कालिकोटे : काठमाडौं, १४ आषाढ । नेपाली काँग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतडा. प्रकाशशरण महतले रुकुम जातीय नरसंहार कम्युनिष्टहरुको प्रोपोगाण्डाको शिकार बन्ने हो कि भन्ने आशङ्का गरेका छन् । संयुक्त राजनीतिक दलित संङ्घर्ष समिति र दलित नागरिक समाजको आयोजनामा अयोजित १४ पार्टीबाट विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै डा. महतले रुकुम हत्याकाण्ड अपराधको पराकाष्ठा भएको औंल्याउँदै कम्युनिष्टहरु कुनै पनि विषयमा प्रोपोगाण्ड गर्नेमा माहिर भएका हुँदा उनीहरुबाट न्याय पाईन्छ भन्नेमा शंका व्यक्त गरे ।
सह–महामन्त्री महतले भने-‘जनयुद्धको उद्गमथलोमा भएको त्यो नरसंहार अक्ष्यम्य छ, तर सुनिदैछ, रिपोर्टहरु बङ्ग्याईदै छ, यदी यो कम्युनिष्ट सत्ताले अपराधिहरुलाई कडाभन्दा कडा कारवाही गर्दैन, विभिन्न बहानामा ढाकछोप गर्छ भने नेपाली काँग्रेसले छोड्ने छैन ।’
Read full story at source (reportersnepal.com)