रियलमी सी ३ नेपालमा सार्वजनिक, के याे ग्यालेक्सी एम ११ काे प्रतिस्पर्धी हो ?
gadgetframe.com · Fri Jun 26 03:15:00 UTC 2020
काठमाडौ । सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्ड रियलमीले बुधबार रियलमी सी ३ सार्वजनिक गरेको छ । असार १० गतेबाट बिक्री शुरु हुने रियालमी सी ३, ३जीबी र्याम र ३२ जिबि स्टोरेजका साथ रु १६ हजार ९ सय ९० मा उपलब्ध हुनेछ । रियलमी सि सिरिजको यो सबैभन्दा सस्ताे फोन रहेको छ ।
डिजाइन र डिस्प्ले
रियलमी सी ३ मा ७२० १६०० को ६.५ इन्चको एचडी डिस्प्ले प्रयोग गरिएको छ । यसको ठुलो स्क्रिनले फिल्म हेर्दा, गेम खेल्दा वा सामाजिक संजालहरु चलाउँदा राम्रो अनुभुति प्रदान गर्दछ । यसमा सुरक्षाको लागि कोर्निङ ग्लास ३ प्रयोग गरिएको छ ।
क्यामेरा
रियलमी सी ३ को पछाडि भागमा दुईवटा क्यामरा रहको छ । यसमा १२ मेगापिक्सलको प्राईमेरी क्यामरा र २ मेगापिक्सलको डेप्थ सेन्सर रहेको छ । यसले ४ गुणासम्म जुम गर्दछ । यसले क्यामरामा दिनको उज्यालोमा, कम प्रकाश र अध्यारो वातावरणमा पनि राम्रो तस्विर आउँदछ ।
यसको अगाडि भागमा ५ मेगाक्सिलको सेल्फी क्यामरा रहेको छ । यसमा पोट्रेट मोड र स्लो मोसन भिडियो रेकडिंग जस्ता विशेषताहरु छन् जुन यस मुल्यको स्मार्टफोनमा पाउन निकै मुस्किल छ ।
चिपसेट र पर्फमेन्स
रियलमी सी ३ मा मिडियाटेक हेलियो जी ७० प्रोसेसर चिपसेट प्रयोग गरिएको छ । यो ३ जिबि र्याम ३२ जिबि ईन्टरनल स्टोरेज र ४ जिबि र्याम र ६४ जिबि ईन्टरनल स्टोरेज सहित उपल्ब्ध छ । यसमा ममोरी कार्डप्रयोग गरेर २५६ जिबिसम्म स्टोरेज बढाउन सकिन्छ । रियलमी सी३ मा एकैसाथ वायरलेस इयरबड र वायर्ड इयरफोन कनेक्ट गर्न सकिन्छ जसले गर्दा एउटै रियलमी स्मार्टफोनबाट दुईजना व्यक्तिले एउटै गीत सुन्न सक्छन् ।
ब्याट्री
रियलमी सी ३ मा ठुलो ५००० एमएएच ब्याट्री छ जसका साथ ननस्टप मनोरञ्जन लिन सकिन्छ । रियलमी सी ३ का साथ घण्टौसम्म कुराकानी गर्न सकिन्छ, यूटुबका भिडियोहरु प्रवाह गर्न, गीतहरु सुन्न, गेम खेल्न र कुनै रोकावट बिना नेभिगेट गर्न सकिन्छ । यसले रिभर्स चाजिंग पनि समर्थन गर्दछ जसको मतलब यसले पावर बैंक जसरी नै अन्य उपकरणहरुलाई चार्ज गर्दछ ।
रियलमी सि ३ काे विशेषताहरु
Display
: 16.5cm (6.5 inch) LCD HD+, 89.8% screen-to-body ratio, 1600-by-720-pixel resolution, Corning Gorilla Glass 3
CPU
: Octa-core Helio G70 Processor
RAM
: 3/4GB
ROM
: 32/64GB
Front Camera
: 5MPf/2.4 aperture, AI beauty, AI HDR
Rear Camera:
12MP main camera with f/1.8 aperture and 2MP Depth Sensor, PDAF, 4x digital zoom, AI HDR, AI beauty, Chroma boost, Super nightscape, Panorama mode, Expert mode
Battery
: 5,000mAh
OS
: Realme UI based Android 10
Price in Nepal
: Rs. 16,990 [3/32GB]
नेपाली बजार मुल्य
६ हजार ९ सय ९९ भारुमा भारतिय बजारमा रियलमी सि ३ को फेब्रुअरी ७ देखि बिक्रि सुरु गरिएको थियो । सुरुवाती मुल्य १६ हजार ९ सय ९० सहित यसलाई नेपालमा पनि सार्वजनिक गरिएको छ ।
Read full story at source (gadgetframe.com)