प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रियसभाका सांसदले गरे चर्को विरोध
thahakhabar.com
काठमाडौं : सर्वोच्च अदालतमा बहस भइरहेको ‘प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्धा’बारे राष्ट्रियसभा सदस्यहरुले आ–आफ्नो तर्क पेश गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा सांसदहरूले संघीय संसदको तल्लो सदन प्रतिनीधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कडा शब्दमा विरोध गरेका हुन्।
अदालतमा पुगिसकेको मुद्धामा सार्वजनिक रुपमा बोल्न नपाइने कानुनी व्यवस्था भए पनि सांसदहरुले मात्र होइन विभिन्न राजनीतिक दलदेखि नागरिकसमाजसम्मले अहिले आ–आफ्नो दलिल पेश गर्ने गरेका छन्। त्यही शिलशिलाको निरन्तरता दिदै राष्ट्रिय सभा सदस्य उदया शर्मा पौडेलले बैठकको सुरुमै प्रधानमन्त्री ओलीको पुस ५ को कदमलाई शाही कदमको पुनरावृत्ति भनेकी छन्।
Read full story at source (thahakhabar.com)