‘रियो’ मा भेटियो लेदो
annapurnapost.com · Thu Jul 02 07:57:58 GMT 2026

भैरहवा : चौधरी ग्रुपको उत्पादन रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ (जुस) मा लेदो भेटिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामको प्रकृति गौतम र बिन्दु भट्टराईले (नातामा दिदी) योगिकुटीस्थित एक पसलबाट खरिद गरेको रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ मा लेदो भेटिएको हो ।
उपभोक्ता गौतमका अनुसार, पाँच वटा रियोको ‘म्याङ्गो एन्ड ग्लुकोज’ खरिद गरिएकोमा दुई वटा अखाद्य पाइएको छ । ‘मैले एउटा खाँदा स्वाद फरक पाएँ र मुखमा लेदो जस्तो आएपछि थुके’, उनले भनिन्, ‘पछि खोलेर हेर्दा त्यसमा लेदो थियो ।’ अखाद्य रियो खाएपश्चात ज्वरो र उल्टी आउने जस्तो भएर आफू अस्वस्थ्य भएको उनको भनाइ छ । उनले उक्त घटनाबारे आफ्नो वडाको अध्यक्षलाई जानकारी गराए पनि कुनै कारवाही भएको विषयमा जानकारी नभएको र कम्पनीको विरुद्ध कारवाही हुनुपर्ने बताइन् ।
Read full story at source (annapurnapost.com)