सामसङ ग्यालेक्सी ए २१ एस नेपालमा सार्वजनिक, मुल्य २५ हजारभन्दा कम
gadgetframe.com · Fri Jul 17 03:15:00 UTC 2020
काठमाडौं । सामसङले बजारमा केही समयअघि आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी ए २१ एस सार्वजनिक गरेको थियाे। लकडाउनकाे कारण सामसङले यसलाई नेपाली बजारमा ल्याउन सकिरहेकाे थिएन । तर भर्खरै सामसङले यस स्मार्टफाेनलाई नेपालमा सार्वजनिक गरेकाे छ । यसकाे नेपाली बजार मुल्य २४ हजार ९ सय ९९ रुपैंया ताेकिएकाे छ । स्मार्टफानको बजार हेर्दा सामसङ ग्यालेक्सी ए २१ एस सजिलैसँग धेरैको बजेटमा पर्ने मध्येको बेस्ट मोबाईल हो । आउनुहाेस् यस स्मार्टफाेनकाे बारेमा थप बुझाैं-
कस्तो छ त ग्यालेक्सी ए २१ एस ?
सामसङले ग्यालेक्सी ए २१ एस मे १५ मा सार्वजनिक गरेको हो र अन्तराष्ट्रिय रुपमा यसलाई जुन १५ मा सार्वजनिक गर्ने सामसङको योजना रहेको छ ।
सामसङ ग्यालेक्सी ए २१ एसको मुख्या फिचरको कुरा गर्नुपर्दा यसमा ६.५ ईन्चको आमोल्ड प्यानल, एक्सीनोस ८५० चिपसेट, क्वाड क्यामरा र यसको ठुलो ब्याट्रि रहेको छ ।
डिस्प्ले र डिजाईन
ग्यालेक्सी ए २१ एसमा ठुलो आकारको ६ं.५ ईन्चको आमोल्ड प्यानल प्रयोग गरिएको छ । साथै यसमा ७२०x१६०० को रिजोलुसन रहेको छ । यसको डिस्प्ले हेर्दा राम्रो देखिन्छ तर कम रिजोलुसन भएको कारण जति राम्रो देखिनु पर्ने त्यति राम्रो देखिदैन ।
अन्य कम मुल्यको मोबाईलको दाँजोमा भने यसको रिजोलुसन भने निकै राम्रो हो । साथै यसमो अगाडी भागमा पन्च होल पनि राखिएको छ जसले यसलाई थप आर्कषक बनाउँछ ।
चिपसेट र पर्फमेन्स
सामसङ ग्यालेक्सी ए २१ एस मा एक्सीनोस ८५० चिपसेट र मेल जिपियुको प्रयोग गरिएको छ । पुरानो जेनेरनेसनको चिपसेट भएको कारणले यो मिड रेन्ज मोबाईलको लागि खासै राम्रो चिपसेट होईन । यो तीन भिन्न ईन्टरनल स्टोरेज र र्याम– ३ जिबी र्याम र ३२ जिबी स्टोरेज, ४ जिबी र्याम र ६४, ६ जिबी र्याम र ६४ जिबी ईन्टरनल स्टोरेज सहित उपल्ब्ध छ । स्टोरेज बढाउनको लागि यसमा माईक्रो एसडि कार्डको पनि प्रयोग गर्ने सकिन्छ । कुनै प्रकारको गेम खेल्न, ईन्टरनेट चलाउन, भिडियो हेर्ने यसमा केही समस्या छैन तर धेरै उच्च ग्राफिक्ससँग सम्बन्धित कामहरु गर्दा केही समस्या भने पक्कै हुन्छ ।
क्यामरा
यसको पछाडी भागमा चारवटा क्यामरा सेटअप गरिएको छ । यसमा ४८ मेगापिक्सलको प्राईमेरी क्यामरा, ८ मेगापिक्सलको अल्ट्रावाईड लेन्स, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर रहेको छ । यसको क्यामराले ३० एफपिएस सम्मको एफएचडी भिडियोहरु रेकर्ड गर्न सक्दछ ।
साथै यसको अगाडी भागमा १३ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ । यसको क्यामराले निकै राम्रो फोटो र भिडियो खिच्न सहयोग गर्दछ ।
ब्यट्रि
सामसङ ग्यालेक्सी ए २१ एस मा ५००० एमएचको ब्याट्रि प्रयोग गरिएको छ । यसको १५ वाटको फास्ट चार्जिङले यसलाई पुर्ण रुपमा चार्ज हुन धेरै समय लाग्दैन । यसको पछाडीको भागमा फिंगरप्रिन्ट पनि राखिएको छ ।
ग्यालेकसी ए २१ एसकाे विशेषताहरु
Dispaly:
6.5-inch, Super AMOLED 20:9, 1600x720p,
Rear camera:
Quad Camera
Primary 48MP, f/1.8 lens;
ultra-wide-angle 8MP camera;
2MP macro camera;
2MP depth sensor;
LED flash; 1080p@30fps video recording
Front camera:
13MP sensor, 1080p video recording
Chipset:
Exynos 850 Mali GPU
Memory:
3/32GB 4/64GB and 6/64GB; dedicated microSD slot
OS:
Android 10 with One UI 2.0
Battery:
5,000mAh, 15W fast charging
Connectivity:
Dual SIM (4G), Bluetooth 5.0, Wi-Fi 802.11 b/g/n, USB-C
Colors:
Black, White, Blue, Red
Misc:
Rear-mounted fingerprint reader
Price in Nepal
: Rs.24,999 [4/64GB]
नेपाली बजार मुल्य
युरोपमा सामसङले ग्यालेक्सी ए २१ एस लाई आधिकारीक रुपमा मे १५ मा सार्वजनिक गरेको थियो । विश्वबजारमा जुन १९ मा यसलाई सार्वजनिक गर्ने सामसङको योजना रहेको छ । कम मुल्य पर्ने यो स्मार्टफोन सामसङले सार्वजनिक गरेको निकै नै राम्रो मोबाईल हो । युरोपियन बजारमा यसको मुल्य १ सय ९९ युरोपियन डलर रहेको छ ।
यसको नेपाली बजार मुल्य २४ हजार ९ सय ९९ रहेको छ । यही मुल्यसँग यसले रियलमी ६ आई, भिभो एस १, हनर ६ को बजारसँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।
Read full story at source (gadgetframe.com)