डडेल्धुरामा मृत चितुवा फेला
baahrakhari.com · Thu Aug 01 17:46:49 UTC 2024

डडेल्धुरा । डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ । गत महिनामात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो ।
आज अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । चितुवा कसरी मर्यो भन्ने स्पष्ट जानकारी नभएको र मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको कार्यालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)