हेलमेट नलगाई स्कुटर चलाएपछि मुख्यमन्त्रीको घरमै पुगेर ट्राफिकले काट्यो चिट
techpana.com · Thu Jul 02 08:15:45 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेलमेट नलगाई स्कुटर चलाएको भिडिओ सार्वजनिक भएपछि ट्राफिकले कारबाही गरेको छ । जिल्ला ट्राफिक कार्यालय कैलालीले शाहको घरमै पुगेर चिट काटेको हो ।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रयाग खनालले मंगलबार टिकटकमा एक भिडिओ सार्वजनिक गरेका थिए। उक्त भिडिओमा मुख्यमन्त्री शाह घरको कम्पाउन्डभित्र हेलमेट नलगाई स्कुटर चलाइरहेको देखिएका थिए । सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।
Read full story at source (techpana.com)