नेप्से परिसूचकमा ३०.३६ अंकले गिरावट
mahendranagarpost.com · Wed Mar 09 13:36:46 GMT 2022
काठमाडौं-पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसुचकमा बुधबार पनि गिरावट आएको छ।
नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा कारोबार रकम पनि घटेको छ । बुधबार नेप्से सूचक ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा झरेको छ। भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक र फ्लोट इण्डेक्स २.१९ अंकले घटेको छ ।
बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार कारोबारमा आएका नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत घटेको छ ।
बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि माउन्टेन इनर्जी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ । त्यस्तै इमर्जीङ नेपाल, आइसिएफसि फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । यता विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.७८ प्रतिशतले घटेको छ । भने सामुदायीक लघुवित्त, बुद्धभुमि हाइड्रोपावर र माउन्टेन हाइड्रोको शेयरमूल्य घटेको छ ।
कारोबारमा आएको नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १० करोड ४८ लाख र हिमालयन डिस्टिलरीको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।रासस
Read full story at source (mahendranagarpost.com)