प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
ratopati.com · Thu Jul 02 08:42:33 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई सुकुमबासी नेपाली नागरिक होइनन् र भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद राईले भूमिहीन र सुकुमबासी बस्तीमा डोजर चलाइएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले सरकारले बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको संवेदनशीलतालाई वास्ता नगरेको आरोप लगाए ।
‘वैशाख १२ गतेदेखि सुकुमबासीका घर टहरा भत्काउन सुरु गरियो । सुकुमबासीहरू नागरिक होइनन् र ? उनले प्रश्न गरे । सरकारले सुकुमबासी तथा भूमिहीनहरूका संवैधानिक हक अधिकारमाथि प्रहार गरेको उनको भनाइ छ । राईले सरकारको कार्यशैली र प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको आलोचना गरे ।
Read full story at source (ratopati.com)