फेरि घट्यो कच्चा तेलको भाउ, ब्रेन्ट ७३.७६ डलर र डब्ल्यूटीआई ७०.४३ डलरमा कारोबार
ratopati.com · Fri Jun 26 07:59:54 GMT 2026

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको मूल्य शुक्रबार करिब २ प्रतिशतले घटेको छ। तेल ढुवानीका लागि महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज हुँदै हुने आवागमन क्रमशः सामान्य बन्दै गएपछि बजारमा आपूर्ति अवरोधको जोखिम कम भएको र त्यसको प्रभाव मूल्यमा परेको हो। यद्यपि ओमान नजिकै एक कार्गो जहाजमाथि भएको प्रहारले आपूर्ति सुरक्षाप्रति केही चिन्ता भने कायम राखेको छ।
लन्डनस्थित आईसीई एक्सचेञ्जमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १ डलर ५० सेन्टले घटेर प्रति ब्यारेल ७३.७६ अमेरिकी डलरमा पुगेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.९९ प्रतिशत कम हो।
Read full story at source (ratopati.com)