विष्णु पौडेलमाथि पुनः ६ दिनको म्याद थप
kendrabindu.com · Thu Jul 02 08:57:33 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई पुनः ६ दिनको म्याद थपिएको छ ।
बिहीबार विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले तेस्रोपटक पौडेललाई ६ दिनको म्याद थप गरेको हो ।सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो ।
Read full story at source (kendrabindu.com)