पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न तेस्रो पटक म्याद थप, अझै ६ दिन प्रहरी हिरासतमै बस्नुपर्ने
clickmandu.com · Thu Jul 02 09:00:54 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न तेस्रो पटक म्याद थप भएको छ । ८ असारमा सुर्खेतबाट प्रहरी नियन्त्रणमा रहेका पौडेलमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न ९ असारमा विशेष अदालतबाट लिएको अनुमतिको म्याद बुधबार नै सकिएको हो।
आज बिहीबारदेखि फेरि पौडेललाई ६ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
Read full story at source (clickmandu.com)