मलेसियासँग दुई वटा टी-२० खेल खेल्दै नेपाली महिला टोली
ratopati.com · Mon May 18 03:50:47 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसियन गेम्स वुमेन्स क्वालिफायर, २०२६ को तयारीका लागि नेपाली टोलीले घरेलु टोलीसँग दुई वटा टी-२० अभ्यास खेल खेल्ने जानकारी दिएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा सोमबार जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे २३ देखि ३१ सम्म मलेसियामा एसियन गेम्स महिला छनोट प्रतियोगिता हुँदैछ। सोही प्रतियोगिताको विशेष तयारीका लागि नेपाल र मलेसियाको महिला राष्ट्रिय क्रिकेट टोलीबिच मलेसियामै दुई वटा मैत्रीपूर्ण खेल हुन लागेका हुन्।
Read full story at source (ratopati.com)