मन्त्री चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीको भेटवार्ता
barnanmedia.com · Thu Jul 02 09:07:44 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीले भेटवार्ता गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग आज सो भेटवार्ता भएको हो ।
कृषि, वनलगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा नेपालमा सम्भावना, लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप आदानप्रदानका विषयमा छलफल भएको थियो ।
Read full story at source (barnanmedia.com)