‘आयोजना बैङ्क’ मा योजना समावेश गरिँदै
gorkhapatraonline.com · Mon May 18 04:11:53 GMT 2026

बनेपा, जेठ ४ गते । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि काभ्रेपलाञ्चोकमा सञ्चालन गरिने योजनाको प्रस्ताव आएसँगे ती योजनालाई ‘आयोजना बैङ्क’ मा समावेश गर्ने काम सुरु भएको छ ।
बागमती प्रदेश सरकारले वार्षिक आयोजना प्रस्ताव तथा छनोटसम्बन्धी निर्देशिका, २०८३ जारी गरेर आगामी आवको योजना तर्जुमाको सुरुवात गरेको छ । जिल्लाका १३ वटै स्थानीय तहबाट प्रस्ताव भएर आएका योजनाका विषयमा छलफल भएको छ । जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विषयगत कार्यालयले आगामी आवका लागि प्रस्ताव भएर आएका योजनाको निर्वाचन क्षेत्रस्तरीय छलफल गरिएको हो । प्रदेश सरकारले अघि सारेको आयोजना बैङ्कबाट योजनालाई प्राथमिकीकरण गरी बजेट विनियोजन गर्ने तयारी गरेपछि जिल्लामा विभिन्न स्थानीय तहबाट अर्बौं रुपियाँ बराबरका योजना माग भएका छन् ।
Read full story at source (gorkhapatraonline.com)