अमेजनले भारतमा ४८ अर्ब डलर लगानी गर्ने
lokaantar.com

विश्वकै अग्रणी ई–कमर्स तथा प्रविधि कम्पनी अमेजनले भारतमा आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड पूर्वाधार विस्तारका लागि सन् २०३० सम्म थप १३ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। यो नयाँ लगानी गत वर्ष घोषणा गरिएको ३५ अर्ब डलरको योजनाबद्ध कोषको अतिरिक्त हो, जसले सन् २०२६ देखि २०३० को अवधिमा भारतमा अमेजनको कुल लगानीलाई ४८ अर्ब डलर पुर्याउनेछ ।
यो घोषणा अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार नयाँ दिल्लीमा भएको भेटवार्तापछि सार्वजनिक गरिएको हो। भेटपछि सामाजिक सञ्जाल 'एक्स' मा पोस्ट गर्दै अमेजनका सीईओ जसीले भनेका छन्, 'हामीले आगामी पाँच वर्षमा ४८ अर्ब डलर लगानी गर्दैछौँ, जसमा एआई र क्लाउड पूर्वाधारका लागि मात्रै २१ अर्ब डलरभन्दा बढी रकम समावेश छ।'
Read full story at source (lokaantar.com)