भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत
barnanmedia.com · Fri Jun 26 07:56:31 GMT 2026

राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानले मुलुकको सिमानासँग सम्बन्धित विषयमा निरन्तर पैरवी गरी देश र जनताका पक्षमा उल्लेखनीय योगदान पु¥याएबापत सीमाविद् श्रेष्ठलाई रु एक लाख एक हजार १११ नगदसहित सम्मानपत्रबाट पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते सो पुरस्कार दिइने छ ।
Read full story at source (barnanmedia.com)