झापामा विद्यालय भवनको शिलान्यास
annapurnapost.com · Thu Jul 02 09:53:10 GMT 2026

काठमाडौं : झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय भवनको शिलान्यास भएको छ। आज कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालद्वारा संयुक्त रुपमा शिलान्यास गरिएको हो।
भारत सरकारको करिब ३ करोड रुपैयाँको लागतमा विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना झापाको शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। झापाको शिवसताक्षी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। साथै यो नयाँ पूर्वाधारले शिवसताक्षी नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरुका लागि सिकाइ वातावरण सुदृढ गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
Read full story at source (annapurnapost.com)