नारी दिवसको अवसरमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना
mahendranagarpost.com · Tue Mar 08 04:24:10 GMT 2022
काठमाडौं-नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ। यसअन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ।
नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ।
प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन्। यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता बस्तुहरु खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिने बैंकले विज्ञप्तिमा जनाएको छ।
Read full story at source (mahendranagarpost.com)